

बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा


यस वर्ष बाँके जिल्लाका आठ हजार पाँच सय घरपरिवारका ३५ हजार जनसंख्या बाढी र डुबानबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार पारेको मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार यस वर्षको मनसुनमा बाँकेमा आठ हजार पाँच सय घरपरिवारका ३५ हजार जनसंख्या बाढी र डुबानको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको हो ।
जिल्लामा बाढी र डुबानबाट हुने सम्भावित जोखिम कम गर्न सबै प्रकारको पूर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो ।
उहाँले रसुवामा बाढी आएपछि सचेतना अपनाउँदै बाँकेमा सम्भावित बाढी र डुबानको जोखिम रहेका स्थानमा तयारी अवस्थामा रहन सम्बन्धित सबैलाई आग्रह गरिएको ताउनुभयो ।
सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार पहाडी जिल्लाहरूमा वर्षा भइरहेकोले जिल्लाका जोखिमको सम्भावित क्षेत्रमा पूर्व तयारीका सबै काम गरेर बस्न आग्रह गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सम्भावित बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति र आठ वटै स्थानीय तहले मनसून पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले बाढी र डुबानको सबैभन्दा बढी जोखिममा रहेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा बिशेष तयारी गरिएको जनाउनुभयो ।
राप्ती नदीमा आउने बाढी र डुबानबाट जोगाउन राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा तटबन्ध निर्माण गरिएकोले पहिलेजस्तो जोखिम नरहेपनि बाढी आउने अन्य सम्भावित स्थानमा सचेतना अपनाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया