

कृष्णनगरबाट एक फरार प्रतिवादी पक्राउ


कृष्णनगर, कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुबाट प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको चोरी कसुर मुद्दामा एक वर्ष एक महिना पन्ध्र दिन कैद सजाय र एक लाख पन्चानब्बे हजार एकसय अठार रुपैँया जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादी लाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं। ०२ पुरानो बसपार्क बस्ने बर्ष ३२ को मोहम्मद आजम मुसलमान रहेको जनाइएको छ । पक्राउ परेका मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नं। ०२ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।
कैद भुक्तानको लागी कारागार कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया