

दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन


दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटा टोलका महिलाले दुना–टपरी उद्योग सञ्चालन गरी आम्दानी गर्दै आएका छन् । सालका पातबाट दुना–टपरी बनाएर महिनामा १३ हजार रुपियाँसम्म आम्दानी गर्दै आएका हुन् ।
घरको काम सकेर फुर्सदको समयमा सदुपयोग गर्दै दुना–टपरी उद्योग सञ्चालन गरेका महिलाका लागि अहिले घरव्यवहार चलाउने भरपर्दो माध्यम बनेको छ । सानै उमेरदेखि घरमा दुना–टपरी बनाउने काम गर्दै आउनुभएकी रातामाटा टोल निवासी शान्ति चौधरीले उद्योगबाटै महिनामा १० देखि १२ हजारसम्म कमाउने गरेको बताउनुहुन्छ ।
फुर्सदको समयमा उद्योगमा आएर दुना–टपरी बनाउनेदेखि सालका पात टिप्न जंगलसमेत जाने गरेको उहाँको भनाइ छ ।
दुना–टपरीले बजारमा माग पाउन थालेपछि चौधरीले गाउँकै आफूजस्तै महिलालाई जुटाएर २०६९ सालमा १८ जना महिलाको समूहले ‘सहारा दुना–टपरी लघु उद्योग’ स्थापना गरेको बताउनुभयो । १२ वर्षयता निरन्तर रूपमा दुना–टपरी बनाउने काम गर्दै आउनुभएकी चौधरीले दुना–टपरी बिक्री गरेर नै घर खर्च चलाउने गरेको बताउनुहुन्छ ।
उहाँका अनुसार हातले दुना–टपरी बनाउन दक्ष भएपनि मेसिनबाट उत्पादन गर्ने प्रविधि थाहा नहुँदा सुरुमा कपिलवस्तुबाट दक्ष जनशक्तिबाट तालिम लिनुभएको थियो ।
‘प्लास्टिकका दुना–टपरीभन्दा सालका पातका दुना–टपरी वातावरणका लागि उपयुक्त हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि स्थानीय सरकारले सहयोग गरिदिन महिलाका लागि सहज हुने थियो ।’
समूह सदस्य चम्फा चौधरीका अनुसार उद्योग नखुलेको भए घर खर्च टार्न बजारमा गएर ज्यालादारी काम गर्नुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले ज्याला मजदुरी गर्नका लागि जानुपर्ने बाध्यता हटेको छ । दुना–टपरीबाट भएको आम्दानीले घर व्यवहार चलाउन पुगेको उहाँले बताउनुभयो । लघु उद्योगमा उत्पादित दुना साइजअनुसार एक रुपियाँ पचास पैसादेखि टपरी पाँच रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
उहाँका अनुसार उद्योगबाट उत्पादन भएका दुना–टपरी बेच्न बजारसम्म धाउनुपर्ने बाध्यतासमेत छैन । घरबाटै अधिकांश समयमा दुना टपरी बिक्री हुने गरेका छन् । उहाँका अनुसार घोराहीसँगै नारायणपुर र तुलसीपुरसम्म उत्पादन भएका दुना–टपरी बिक्री हुने गरेको छ ।
विगतको तुलनामा धेरै ठाउँमा उद्योग सञ्चालन हुँदा केही व्यापार घटेको बताउनुहुन्छ । दैनिक तीनदेखि चार हजारसम्म दुना–टपरी उत्पादन गर्ने समूहले महिनामा एक लाख ४० सम्मको बिक्री गरेको छ ।
लघु उद्योग विकास संस्थाको सहयोगमा उद्योग सञ्चालन गर्दै आउनुभएकी चौधरी पछिल्लो समय प्रशिक्षकसमेत बन्नुभएको छ । उद्योगमा कामसँगै दाङका विभिन्न ठाउँसँगै सल्यान, रोल्पालगायतका जिल्लासम्म दुना–टपरी बनाउने तालिम सिकाउन जाने गरेको बताउनुहुन्छ ।
दुना टपरी उद्योगबाट भएको आम्दानीले घर व्यवहार चलाउन पुग्ने गरेको भन्दै अध्यक्ष चौधरी भन्नुहुन्छ, ‘गाउँमै रहेको बाघखोर सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति सदस्य रहेकै नाताले दिदीबहिनी मिलेर लघु उद्योग स्थापना गरेका थियौं । हाल तीनवटा मेसिन राखेर दुना–टपरी बनाइरहेका छौं ।’


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया