

कपिलवस्तुबाट पेस्तोलसहित एक युवक पक्राउ


कपिलवस्तु | पेस्तोलसहित एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ डुमराका २१ वर्षीय सद्दाम हुसेन फकिर छन् । उनलाई सोमबार साढे ५ बजे इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मोटरसाइकल चोरी गर्न लागेको भन्ने सूचना स्थानीयबाट आएपछि खटिएको टोलीले भाग्दै गर्दा उनलाई नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट कालो रंगको ४.५ मिटर क्यालिवर भएको पेस्तोल एक थान बरामद भएको छ । पेस्तोलमा लाग्ने ४३ थान छर्रा र पेस्तोलमा प्रयोग हुने धमाका ६ थान बरामद भएको छ ।
पक्राउ परेका उनीविरुद्ध हात हतियार तथा खरखजनाको कसुरको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया