

जुवा खेलिरहेका ८ जना पक्राउ, एक लाख रूपैयाँभन्दा बढी बरामद



दाङ | दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी, सोही ठाउँका ४० वर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६ वर्षीय तिलक केसी, सोही ठाउँका ४३ वर्षीय फिरु चौधरी, तुलसीपुर – १० का ४४ वर्षीय किरणप्रसाद बम, सोही ठाउँका सुदन वली, २९ वर्षीय तिलकराम चौधरी र ४५ वर्षीय कर्ण चौधरी पक्राउ परेका छन् ।
उनीहरुको साथबाट एक लाख ११ हजार ७१० रुपैंया बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरको सञ्चार शाखाले जानकारी दिएको छ।
पढ्ढास्थित पत्तु चौधरीको घरमा कोठा भाडामा लिएर तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकीले जुवा खेलाउँदै आएको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको बिहीबार राति ११ बजेतिर छापा हानेर जुवा खेली रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको तथा जुवा ऐन अन्तरगत मुद्दा चलाएर आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया सुरु भएको प्रहरीले बताएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया