

दाङ : तिहारका झिलिमिली बत्ती लियो ज्यान

तिहारका लागि बालिएका झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको बुधबार बिहान बत्ती निकाल्ने मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।
बिहान ११ बजे किशोरलाई तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याउनासाथ बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया