

फ्रान्समा फेरि बन्दुक आक्रमण, प्रहारबाट पादरी गम्भीर घाइते





ई–साझाकुरा, कार्तिक १६
फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन बरामद भएको छ ।

मिडिया रिपोर्टका अनुसार चर्च बन्द गर्ने बेलामा स्थानीय समयअनुसार साँझ करिब चार बजे पादरीमाथि गोली प्रहार भएको थियो । उनको पेटमा दुईवटा गोली लागेको छ । उनलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
पादरीमाथि आक्रमण गर्नुको कारण खुलेको छैन । स्थानीय प्रशासनले भने पादरीको हत्या प्रयास भएको भन्दै अनुसन्धान सुुरु गरेको छ ।
यो घटनाभन्दा अगाडि दक्षिणी फ्रान्सको निस शहरको एक चर्चमा चक्कु आक्रमण हुँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको थियो ।
फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोले यी आक्रमणहरुलाई ‘इस्लामिक आतंकवादी हमला’ भनेका छन् । साथै अतिरिक्त सुरक्षा बललाई सार्वजनिक स्थानहरुमा परिचालित गरिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया