

जनै पूर्णिमाबारे पञ्चांग निर्णायक समिति के भन्छ ?



काठमाडौं । पञ्चांग निर्णायक समितिले भदौ ३ गते परेको जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन बाँध्न आग्रह गरेको छ । यद्यपी यो आग्रह भने राष्ट्र प्रमुखका लागि भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा। डा। देवमणि भट्टराईले विज्ञप्ति जारी गर्दै आम नागरिकमा उक्त दिन के गर्ने भनेर द्विधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको जनाएका हुन् ।
भदौ ३ गते साढे १ बजेअघि भद्रा परेको र उक्त दिन अन्य कर्म गर्न मिल्ने शास्त्रमा उल्लेख भएपनि रक्षाबन्धन लगायत जनै पूर्णिमा सम्बन्धी कर्म गर्दा हानी हुने बताइएको छ ।
‘भद्रामा श्रावणीसम्बन्धी काम र होलिका दहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवम् शहरको नाश हुन्छ भन्ने विषय शास्त्रमा स्पष्ट उल्लेख छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।
त्यसैले, राष्ट्र प्रमुखले भने उक्त दिन साढे १ बजेपछि मात्रै जनैपूर्णिमा र रक्षा बन्धनको कार्य गर्न भनिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया