

बंगलादेशमा पूर्व उपसभामुख र पूर्व राज्यमन्त्री पक्राउ


ढाका : बंगलादेशका पूर्व उपसभामुख र पूर्व राज्यमन्त्री पक्राउ परेका छन् । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो ।
पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन ।
समाचार अनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टी ढाकाको महानगरीय प्रहरीले बुधबार राति सो कुराको पुष्टि गरेको हो ।
उता, प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाईका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ ।
उनीहरु खिल्केट प्रहरी चौकी अन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाइ पक्राउ गरिएको डीएमपीले जनाएको छ ।
यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्व कानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया