बालुवाटारमा प्रधानमन्त्री ओलीसँग लुम्बिनीका मन्त्रीहरूको बैठक : के भयो छलफल ?

प्रधानमन्त्री ओलीको लुम्बिनी भेट: प्रदेशलाई आर्थिक र कृषिमा नवजागरणका लागि सुझाव

दाङ | प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँगैका मन्त्रीहरूको बैठक आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा प्रदेशको समृद्धि र आर्थिक विकासलाई प्रोत्साहन गर्ने तरिकामा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि र उद्योगको क्षेत्रलाई जोड्नका लागि उपयुक्त सुझाव दिएका छन्। उनले प्रदेशमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्ने र यसको बजार विस्तार गर्नको सुझाव दिए।

“अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ। भवन र संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि गर्न सकिंदैन। हामीसँग उर्वर माटो, पानी, र अनुकूल हावापानी छ। मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिन्छ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका संगठन र कार्यकर्ताहरूलाई जनतासँग साँचो सम्बन्ध बनाउने र देशको समस्यामा समाधान खोज्न ध्यान दिन आग्रह गरे। उनले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थको आयात र निर्यात नगर्न र जनतालाई स्वस्थ खाना प्रदान गर्न पनि जोड दिए।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले बजेट घाटा कायम राख्नुको कारणले, छोडेर जानु अघि यस्तो अवस्थाको सुधार गर्ने दिशामा काम गर्न आग्रह गरे। उनले सरकार सञ्चालनमा सहमतिरसहकार्य र जनताका लागि परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी निर्माण र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा राखेको बताए। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसहितका प्रमुख व्यक्तिहरू उपस्थित थिए।

प्रतिक्रिया

खबर सबै