

मुख्यमन्त्री आचार्यद्वारा बुटवलको सम्पर्क कार्यालय पुनः सञ्चालन





बुटवल | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन्।
बुटवल उपमहानगरपालिका–८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा ०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए।
दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिए पनि पहिले बुटवलमा रहेका कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले जनाएका छन्।
‘बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि छ। पहिले यहाँ हुँदा धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुन्छ। प्रदेश प्रमुखसँग पनि विभिन्न समयमा आइरहनुपर्छ। त्यसका लागि पनि यहाँ आवश्यक देखियो,’ मुख्यमन्त्री आचार्यले भने, ‘म हरेक शुक्रबार नियमित यहाँ आउँछु, शनिबार पूरै यहाँको काम गर्नेछु, शुक्रबार साँझको समय र आइतबार बिहानको समय गरी यो क्षेत्रका सेवाग्राहीलाई यहीबाट सेवा दिने व्यवस्था मिलाएको छ। म नहुँदा पनि एक जना सचिवालयका कर्मचारी राख्ने व्यवस्था हुनेछ।’
यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको मन्त्री दिनेश पन्थीले बताए।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया