

प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि


प्युठान | प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।
जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताए । उनका अनुसार गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको संक्रमण देखिएको हो ।
हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गरेका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया