

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार



काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते भएका छन्।
सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो।
अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीमा गोली प्रहार भएको हो। गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ। ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्। अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन्। एक प्रवक्ताले भने, ‘ट्रम्प जघन्य कार्यपछि राम्रो छन्।’
कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ। राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन्।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया