

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बेलायती टाेलीबीच भेटवार्ता


बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर र नेपालस्थित बेलायती दूतावासको टोलीबिच भेटवार्ता भएको छ । आइतबार दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशका सभामुखको कार्यकक्षमा भएको भेटमा बेलायती दूतावाससँगको सहकार्यमा लुम्बिनी प्रदेशमा गर्न सकिने कार्यक्रमको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपालस्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा.एन्ड्रय लङको नेतृत्वमा आएको बेलायती दूतावासको टोलीले लुम्बिनी प्रदेशमा प्रकृति संरक्षण, स्थानीय तहलाई भौतिक पूर्वाधार विकासमा सहयोग, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि, आर्थिक तथा वित्तीय क्षेत्रमा परामर्श सेवामा सहकार्य गर्न सकिने विषयमा परामर्श भएको थियो ।
त्यसक्रममा सभामुख घर्तीमगरले स्वास्थ्य र शिक्षामा तराईका जिल्लाहरूमा, प्रकृति संरक्षणमा पहाडी जिल्लाहरू र समग्र आर्थिक विकासमा लुम्बिनी प्रदेशलाई केन्द्रित गरि कार्यक्रम तय गर्न सुझाव दिए । चुरे शृङ्खला क्षेत्रमा वातावरण जोगाउँदै जनताको आधारभूत आवश्यकता आपूर्तिको लागी भौतिक संरचना निर्माण गर्न चुनौतीपूर्ण रहेको जानकारी गराउँदै सभामुख घर्ती मगरले यस क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।
भेटमा नेपालस्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा लङले सुझावअनुसार दूतावासले कार्यक्रम तय गर्ने आश्वासन दिए । तेजेन्द्र केसीबाट


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया