

बालविवाह विरुद्धको अभियानमा खुलेर लागे किशोरीहरु

दाङ- रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो। आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन्।
‘विवाहबारे कल्पनासमेत गरेकी थिइनँ। भर्खर आठ कक्षा पढ्दै गरेकी मलाई त्यो कुरा सुन्दा कस्तो भयो होला! त्यसैमा आमाबाटै राम्रो केटा राम्रो छ भनेर पकाएको कुराले निकै पोल्यो,’ ती किशोरीले भनिन्।
असहमति हुँदा पनि परिवारले आफूलाई हेर्न भनी केटालाई घरमै ल्याएपछि राम्रो भनिएको केटाले १० कक्षा पढ्दै गर्दा विद्यालय छोडेको र केही काम नगरिरहेको सुनाएपछि आफू थप मर्माहत भएको उनको भनाइ छ। ‘उनको कुरा सुनेपछि मेरो मन झनै भाँडियो, कुनै पनि हातलमा बिहे नगर्ने सोचमा पुगेँ। मैले त अडान लिए तर घरपरिवारको दबाबमा कतिपयले यस्तो गर्न सक्दैनन् नि!,’ उनले भनिन्, ‘धेरै पढेलेखेका अभिभावकले पनि धेरै छोरी ठूली भएपछि विवाह गर्दा धेरै दाइजो दिनुपर्ने डरले पनि सानै उमेरमा विवाह गर्ने चलन रहेको छ।’
उनी अहिले सिर्जनशील संस्था नेपाल रुपन्देहीमा फिल्ड मोटिभेटरको रुपमा काम गरिरहेकी छिन्। वालविवाह रोकथाममा सक्रिय भएर काम गरेकी छिन्। सानो उमेरमा हुने विवाहको बारेमा गाउँघर, बालकल्व र विद्यालयमा पुगेर जनचेतना जगाउने गरेको उनले बताइन्। आफ्नो विवाहको प्रतिकार गरेकी उनको पहलमा स्थानीयस्तरमा अरु ६ वटा बालविवाह पनि रोकिएका छन्।
नेपालगन्जकी एक किशोरीको तीन वर्ष अघि १८ बर्षको उमेर हुँदा घरपरिवारले विवाह गरिदिए। आफ्नो असहमति हुँदाहुँदै परिवारले जबर्जस्ती विवाह गरिदिएको उनको गुनासो छ। १० कक्षा पढ्दै गरेकी उनलाई पढाइलाई निरन्तरता दिने भनेर बिहे गर्न बाध्य पारिएको थियो। उनलाई झुक्याएर श्रीमती र दुई सन्तान भइसकेका व्यक्तिसँग विवाह गरिएको थियो। त्यो कुरा केटाको घर पुगेपछि मात्रै थाहा भएको थियो।
‘श्रीमती र छोरा भएको मानिसले मलाई झुट बोलेर किन बिहे गरेको? भनेर प्रश्न गर्दा केटा पक्षले परिवारसँग पैसा लिएर विवाह गरेको भन्न जवाफ आयो। बाँकी दुःख र यातनाका कुरा त गरिसाध्य छैन,’ उनले भनिन्। उनले स्थानीय फातिमा फाउन्डेनको सहयोगमा अहिले कक्षा १२ को परीक्षा सकेर बसेकी छिन्। सोही फाउन्डेसनको सहयोगमा बालविवाहविरुद्धको अभियानमा जोडिएकी छिन्।
दलित महिला उत्थान संघ बर्दिया, फातिमा फाउन्डेसन नेपालले बाँके, सोइया महिला स्वावलम्बी संस्था रुपन्देही , सिर्जनशील संस्था नेपाल रुपन्देही र मुक्त कमलहरी विकास मञ्चले बालविवाह रोकथाम सम्बन्धी सचेतना फैलाउन यस्तै युवतीलाई संगठित गर्ने काम गरिरहेका मुक्त कमलरी विकास मञ्चका ज्ञानु थापाले जानकारी दिइन्।
उनले भनिन्, ‘किशोरकिशोरीको समूह बनाएर बालविवाहका नकारात्मक पक्षबारेमा जानकारी दिने गरेका छौँ। बालविवाह गरेका र गर्नबाट जोगिएका किशोरीहरु हाम्रो अभियानमा खुलेर लागेका छन्।’
News Vai : Nepallive


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया