

भारी वर्षामा परेर यूएईमा दाङकी लीला पाण्डे सम्पर्कविहीन

काठमाडौं । यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् ।
वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुर उपमहानगरपालिका–१, भमकेकी लीला पाण्डे २२ दिनदेखि परिवारको सम्पर्कमा नआएकी हुन् ।
यूएईमा ४ वैशाखमा भारी वर्षा भएको दिन ड्युटीबाट राति कोठा फर्केने क्रममा भेलबाढीमा परेर उनी सम्पर्कविहीन भएकी थिइन् । पारिवारका सदस्यका अनुसार वैदेशिक रोजगारीका लागि ०७८ माघमा उनी यूएई गएकी थिइन् । दुबईको आजमन रौदामा बस्दै आएकी उनी त्यहाँको एक विद्यालयमा काम गर्थिन् ।
पाण्डेका छोरी ज्वाइँ विराटबिक्रम शाहका अनुसार वैशाख ४ गते कामबाट फर्किने क्रममा भारी वर्षाले भएको ट्राफिक जाममा परेकी थिइन् । ‘हामीले बुझ्दा वर्षाका कारण सडक जाम भएको र त्यही बेलादेखि हराएको भन्ने खबर पाएका छौं’, शाहले अनलाइनखबरसँग भने, ‘खोजतलासी गरे पनि अलिहेसम्म कुनै पत्तो लागेको छैन ।’
पाण्डेसँग भएका सहकर्मीहरुले पनि उनी वैशाख ४ गतेबाटै आफूहरुको सम्पर्कमा नरहेको जानकारी दिएको ज्वाइँ शाहले बताए । उनले घटनाबारे यूएईस्थित नेपाली दूतावासलाई जानकारी गराइसककेको तर कुनै खबर नआएको बताए । पाण्डेका ४ जना छोरी छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया