

प्रेरक प्रसंग : जीवनको असली आनन्द के हो ?




निकै पहिलेको कुरा हो । एक गाउँमा केही मजदुर कठिन मिहिनेतसाथ ढुंगाको खम्बा बनाइरहेका थिए । एक सन्त सोही गाउँ हुँदै कतै जाँदै थिए । मजदुरहरूले कठिन परिश्रम गरिरहेको देखेर सन्तमा जिज्ञासा बढ्यो । उनले एक मजदुरको नजिकै गएर नम्रतासाथ प्रश्न गरे– सुन्नुहोस् त भाइ, यहाँ के बन्दै छ रु मजदुरले झनक्क रिसाउँदै जवाफ दिए– थाहा छैन । ढुंगा फुटाउँदा फुटाउँदै प्राण निस्केलाजस्तो भइसक्यो, कसैलाई चाहिँ यहाँ के बन्छ भन्ने चिन्ता छ ।
मजदुरको जवाफ सुनेर केही अघि बढेका सन्तले अर्का एक मजदुरलाई भेटे । उनले ती मजदुरलाई पनि सोही प्रश्न गरे । मजदुरले जवाफ दिए– हेर्नुस् साधु बाबा, यहाँ जेसुकै बनोस्, मलाई के मतलब रु चाहे मन्दिर बनोस् या जेल, मलाई केको चासो रु मलाई त दिनभरिको मजदुरीबापत सय रुपैयाँ प्राप्त भए पुग्छ ।
सन्त अझै अगाडि बढे । उनले तेस्रो मजदुरलाई भेटे । उनले पुनः सोही प्रश्न ती मजदुरलाई पनि सोधे । मजदुरले जवाफ दिए– यहाँ एउटा ठूलो मन्दिर बन्दै छ बाबा १ यस गाउँमा एउटै मन्दिर छैन । यहाँका मानिस कुनै उत्सव मनाउन या भगवान्को दर्शन गर्न टाढाको मन्दिरमा जानुपर्छ । हामी सबै यसै गाउँका हौँ ।
मन्दिर बनाउन यसरी यहाँ छिनो चलाएर ढुंगा काट्दै गर्दा छिनोबाट निस्कने आवाज मलाई कुनै भजनको सुमधुर संगीतजस्तै लाग्छ । केही समयपछि यहाँ एउटा भव्य मन्दिर तयार हुन्छ । यहाँ धुमधामसँग पूजा हुन्छ । कीर्तन हुन्छ । गाउँलेले आफ्नै गाउँको मन्दिरमा उत्सव मनाउन पाउँछन् । यही सोचेर म आनन्दित हुन्छु । त्यसैले, मलाई यो काम, काम होइन, पूजाजस्तो लाग्छ । त्यसैले म जहिल्यै मन्दिर बनाउने मस्तीमा हुन्छु । मेरा लागि यो नै जीवनको असली आनन्द हो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया