

भन्सार छलीका अवैध कपडा बरामद




कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ ।
जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ ।
यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया