

पाकिस्तानको प्रधानमन्त्रीमा सरिफ निर्वाचित

इस्लामावाद, पाकिस्तान, २० फागुन । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् ।पाकिस्तानको जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।
पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दावी गरेका ओमार अयूब खानले ९२ मत प्राप्त गरेका छन् ।
निर्वाचनको परिणाम घोषणा गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।” रासस


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया