
बाणगङ्गामा प्लास्टिक कुर्चीको अवैध कारोबार, ६ जना पक्राउ

बाणगङ्गा ।
प्लाष्टिकका कुर्चीको अवैध कारोबार गर्ने गिरोहमाथि इलाका प्रहरी कार्यालय पिपराले छापा मारेको छ । वाणगङ्गा नगरपालिकाको वडा नम्बर ४ ठकुरापुरको एक घरको कोठालाई अखडा बनाएर प्लाष्टिकका कुर्चीको अवैध कारोबार गरेको सूचनाको आधारमा प्रहरीले छापा हानेको हो ।
छापाको क्रममा ठुलो परिमाणमा कुर्ची, कुर्ची बोक्न प्रयोग हुन साइकल पनि प्रहरीले बरामद गरेको घटनास्थलमा रहेका स्थानीयले जानकारी दिए । समाचार श्रोतका अनुसार अवैध कारोबारमा ठुलै गिरोह नै संलग्न छ । उनीहरूले बाहिरबाट अवैध ढंगबाट कुर्चीहरू ल्याएर साइकल मार्फत गाउँगाउँमा लगेर बेच्ने गरेका थिए ।
घटनास्थलबाट अहिले ६ जनालाई पक्राउ गरिएको र उनीहरूको १५ / १७ जनाकै टोली रहेको हुन सक्ने प्रहरीले बताएको स्थानीयले बताए । यसबारे अनुसन्धान भइरहेकाले विस्तृत जानकारी पछि दिने प्रहरीले जनाएको छ ।
कहिलेदेखि यस्तो कारोबार हुन थालेको थियो भन्ने अझै खुलेको छैन । वाणगङ्गामा कुर्चीको मात्र नभएर अन्य सामानको पनि यसैगरी कारोबार हुँदा व्यापारीहरू मर्कामा पर्ने गरेका छन् । खुला सिमानाकाका कारण यस्तो समस्या रहेको व्यापारी बताउँछन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया