

कपिलवस्तुमा शरीर जलेकाे र टाउकाे नभएको शव गाडिएको अवस्थामा फेला



तौलिहवा । कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।
आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो।
वडाध्यक्ष रवीन्द्र तिवारीलाई स्थानीयले खबर गरेपछि त्यसबारे उनले प्रहरीलाई जानकारी गराएका थिए। आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो। सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो।
शरीर र यौनांग जलेको अवस्थामा रहेको छ। पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ। टाउको भने अझै फेला परेको छैन।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ। घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया