

जापानको व्यापार घाटा ६३ अर्ब डलर



काठमाडौं : जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्यांकले देखाएको छ ।
कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिको सबैभन्दा उच्च स्तर हो ।
कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ ।
यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ ।
बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ । लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ ।
डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ । यसको कारण मासिक व्यापार अधिशेष ६२.१ अर्ब येन पुगेको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया