

टिपरको ठक्करबाट दुई किशोरको मृत्यु



दाङ । दाङमा टिपरले ठक्कर दिंदा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ । शुक्रबार राती घोराही उपमहानगरपालिका१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो ।
टिपर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया