

गुल्मीमा बलात्कारपछि बालिका हत्या आरोपमा शिक्षक कारागार चलान



गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका हुन् । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।
गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका-४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव नग्न अवस्थामा फेला परेको थियो ।
गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट-४ बस्ने मनिषा खेतालालाई सुर्ती लिन गएकी थिइन् ।
मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्ऽकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।
कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया