

अख्तियारको कर्मचारी हुँ भन्दै ठगी गर्ने बाँकेका एक युवक पक्राउ



दाङ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका हुन्।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाबाट सुविधा लिँदै आएका थिए। विगत ६ महिनादेखि नेपालगन्ज बस्दै आएका उनले ठगी धन्दा बाहेक अन्य कुनै काम वा व्यवसाय नगर्ने गरेको डिएसपी डाँगीले बताए।
कुनै कार्यालय वा संघसंस्थाका कर्मचारीको कमजोरी पत्ता लगाई उनीहरूसँग रकम बार्गेनिङ गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, डिएसपी डाँगीले भने, पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी छ।
सरकारी कार्यालयका कर्मचारी र विभिन्न संघसंस्थाका मानिसहरूलाई रकम माग्दै सताउने क्रम नरोकिएपछि अख्तियारसम्म कोइरालाको बारेमा गुनासो पुगेको थियो। सोही गुनासोका आधारमा अख्तियारको बुटवल कार्यालय, नेपालगन्ज कार्यालय र बाँके प्रहरीको टिमले संयुक्त रूपमा कोइरालालाई बिहीबार पक्राउ गरेका थियो।
पक्राउ गर्ने क्रममा आरोपित कोइरालाले गालीगलौज गर्नुका साथै काम(कारबाहीमा अवरोध गर्न खोजेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया