

दाङमा मृत भेटिए श्रीमान्- श्रीमती

दाङ । दाङको तुलसीपुरमा शनिबार श्रीमान्(श्रीमती मृत फेला परेका छन् ।
सल्यानको त्रिवेणी गाउँपालिका(४ फालाबाङ घर भई हाल तुलसीपुर(९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवै जना मृत फेला परेको उनले बताए। श्रीमान पंखामा झुन्डिएको र श्रीमती खाटमा मृत फेलापरेको प्रहरी निरीक्षक केसीले बताए । बिहान अबेरसम्म पनि नउठेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । पवित्राको शरीरमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया