

वेमौसमी झरीले चिन्तामा किसान





दाङ । कपिलवस्तु सहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा खेतमा धान पाकेर काट्ने तयारीमा रहेका किसानालाई बेमौसी झरीले चन्तामा परेको छ । यतिबेला किसानका खेतमा धान पाकेको छ भने कतिपयले धान भित्राउने काम समेत गरिरहेका थिए ।
झरी पर्दा भित्राउन तयारी अवस्थामा रहेको धान खेतमै जलमग्न भएको छ भने पाकेको धान खेतमा ढलेको छ ।
दाङको राप्ती गाउँपालिका–५ का किसान जगबहादुर चौधरीले दश कट्ठामा धान खेती गरेका छन्। उनले लगाएको धान हावाहुरीसहित परेको पानीले ढालिदिएको छ। जसले गर्दा धान कुहिने हो कि भन्ने चिन्ताले सताएको चौधरीले बताए।
‘यस्तै पानी परिरह्यो भने धान भित्र्याउन मुस्किल पर्छ,’ उनले भने,‘सधैँ धान भित्र्याउने बेलामा पानी पर्न थाल्यो। हामी किसानलाई समस्याले घेर्यो।’
मौसम पूर्वानुमान महाशाखाले अझैं तीन चार दिन पानी पर्ने जनाएपछि कृषि मन्त्रालयले धान नकाट्न किसानलाई अनुरोध गरेको थियो। अहिले दाङ जिल्लाको देउखुरी उपत्यकामा गरिएको धान तयार भइसकेको छ। केही किसानले धान भित्र्याए पनि ठूलो मात्रामा धान काट्न बाँकी छ।
‘दुई चार कट्ठामा गरिएको धान काटिएको छ। तर, ठूलो मात्रामा कान काट्नै बाँकी छ,’ कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले भने,‘दुई चार दिन यस्तै लगातार पानी परिरहने र धान खेतमा बाढी पस्ने हो भने क्षति धेरै हुन सक्छ। तर, अहिले नै क्षति भइसकेको भन्ने विवरण छैन।’
पानीले काटिसकेको धानमा क्षति गर्नसक्ने राप्ती गाउँपालिका कृषि शाखाका प्रमुख सीमा भट्टले जानकारी दिइन्। उनका अनुसार किसानलाई धान नकाट्न भनिएको थियो। अहिले केही किसानले खेतमै त्रिपाल टाँगेर धान ढाकेका छन् भने केही किसानले काटेको धान दाँइसकेका छन्। सोमबारसम्म धान काटेका किसानले भने धान सुरक्षित गर्न सकेका छैनन्। खेतमा गरामा काटिएको धान भिजेको छ।
जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ। जसमध्ये ३० हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ। जिल्लामा ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ। १९ हजार ६ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिंचाइको व्यवस्था छ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया