

मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघ्यो

एजेन्सी
मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ ।
घाइतेमध्ये १४ सय जनाभन्दा धेरैको अवस्था गम्भीर रहेको मोरक्को सरकारलाई उद्धृत गरी बीबीसीले जनाएको छ । उनीहरुको उपचार भैरहेको छ । भूकम्पबाट ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसमा हजारौँ मानिस लामबद्ध भएका छन् ।
रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत सङ्कलन गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् ।
भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार र राहतका काम सँगसँगै भइरहेको छ । भूकम्पलगत्तै मानिसहरु सडकमा बसिरहेका छन् । मोरक्कोको ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र बिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया