

एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिए

ई–साझाकुरा, कार्तिक १
अमेरिकामा झन् बढ्दै विश्वमा काेराेना संक्रमितकाे दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएकाे छ । शुक्रबार एकैदिन ४ लाख १२ हजार ९०५ जना नयाँ संक्रमित थपिएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
यो विश्वमा दैनिक संक्रमितकाे हालसम्मकै सर्वाधिक संख्या हो । शनिबार बिहानसम्म विश्वभर कुल संक्रमितको संख्या ३ करोड ९५ लाख ७३ हजार नाघेकाे छ । साथै काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ११ लाख ९ हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ६ हजार १८५ जनाकाे मृत्यु भएकाे हाे ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वभर २ करोड ९६ लाख ५३ हजारभन्दा बढी मानिस चाहिँ संक्रमणमुक्त भइसकेका छन् । हाल विश्वमा सक्रिय संक्रमितको संख्या ८८ लाख ८ हजार ४२८ रहेकाे छ ।
पछिल्लाे समय संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमितकाे संख्या झन् बढिरहेकाे छ । उता भारतमा भने केही घट्दै गएकाे तथ्यांकले देखाउँछ । अमेरिकामा शुक्रबार एक दिनमा ७१ हजार ६८७ संक्रमित थपिएका छन् भने भारतमा ६५ हजार १२६ संक्रमित थपिएका छन् । हाल सबैभन्दा बढी संक्रमित र मृत्यु संख्या रहेकाे देश अमेरिका नै हाे, त्यहाँ संक्रमितको कुल संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । जसमध्ये २ लाख २३ हजार ६४४ जनाकाे मृत्यु भएकाे छ भने ५३ लाख ९५ हजार ४०१ जना निकाे भइसकेका छन् । संक्रमणका हिसाबले दाेस्राे स्थानमा रहेकाे भारतमा कुल संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ । जसमध्ये त्यहाँ १ लाख १३ हजार ३२ जनाकाे मृत्यु भइसकेकाे र ६५ ला ख २१ हजार ६३४ जना निकाे भइसकेकाे देखाउँछ । संक्रमितकाे मृत्यु हुनेमा ब्राजिल अमेरिकापछि दाेस्राे स्थानमा छ । त्यहाँ अहिलेसम्म कुल ५२ लाख १ हजार ५७० जना संक्रमित भएकाेमा १ लाख ५३ हजार २२९ जनाकाे मृत्यु भइसकेकाे छ । यसैगरी ४६ लाख १९ हजारभन्दा बढी मानिस चाहिँ संक्रमणमुक्त भइसकेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया