

जेल सजाय तोकिएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ





पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक(ए(इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्। ट्रयाल कोर्टले गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनलाई पक्राउ गरिएको हो।
लाहोरस्थित निवासबाटै खानलाई पक्राउ गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। तेहरिक(ए(इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ।
पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको बताए। यस फैसलालाले न्यायाकै हत्या भएको उनको प्रवक्ताको भनाइ छ। जेल सजायसँगै पूर्व प्रधानमन्त्री खान पाँच वर्षसम्म चुनाव लड्न पाउने छैनन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया