

महिला विश्व कप : समूह चरणको अन्तिम खेल आज, कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै


काठमाण्डाै
फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् ।
आज हुने समूह ‘एच’को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दैछन् ।
कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ । जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोलरहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।
त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्व कप आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया