

ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो



असोज २६,काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले नदेखिने बनाएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गर्नुभएको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
योभन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए । योभन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले पटक(पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै हुनुहुन्छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया