

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु



पाल्पा । मोबाइल चार्ज गर्दा करेन्ट लागेर पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवासमा एक महिलाको मृत्यु भएको छ ।
झिरुवास खादरकी ५४ वर्षीया उमावती गाहालाई घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । करेन्ट लागेर घाइते भएकी गाहालाई उपचारका लागि रामपुर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी निस्दी रुक्सेभन्ज्याङले थप अनुसन्धान भइरहेको जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया