आईपीएल क्रिकेट : लखनउले दिल्लीलाई ५० रनले हरायो

काठमाण्डाै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो । दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए । जितसँगै लखनउले २ अंक जोडेको छ ।

हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।

प्रतिक्रिया

खबर सबै