

श्रीलङ्कामा पेट्रोलकाे मूल्य प्रतिलिटर ६० र डिजलकाे ८० रुपैयाँले घट्याे



श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको बताउनुभएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टीतेलमा १० रुपैयाँले घट्नेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टीतेल २ सय ९५ रुपैयाँमा पाउने छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले सरकारले इन्धनको मूल्य घटाउने निर्णय गरेको ऊर्जामन्त्री विजेसेकराले बताउनुभएको छ । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ ।
गएको वर्ष श्रीलङ्कामा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । खाद्यान्न, औषधि र इन्धनको चरम अभावले सडक आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोड्न र राजीनामा दिनुपरेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया