

विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो





एजेन्सी
अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको बीबीसीले जनाएको छ ।
११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । ज्यान गुमाउनेहरुमा तीन जना नौ वर्षका बालबालिका र तीन जना ६० वर्ष तथा त्योभन्दा माथिका नागरिक रहेका छन् । विद्यालयमा जथाभाबी गोली चलाउने व्यक्ति २८ वर्षकी स्थानीय महिला रहेको र उनलाई पनि प्रहरीले गोली हानेको छ ।
गोली लागेकी महिलाको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले जथाभाबी गोली चलाउने घटना रोक्नका लागि कारबाही थाल्न संसद्लाई निर्देशन दिनुभएको छ ।
अमेरिकामा पछिल्लो समय विद्यालयमा जथाभाबी गोली चलाउने घटना बढिरहेका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया