
२२औं तिलोत्तमा गोल्डकप आजदेखि

४ चैत, बुटवल । २२औं संस्करणको तिलोत्तमा गोल्डकप आज शनिबारदेखि सुरु हुँदैछ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही- ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे र खेल तीन बजे सुरु हुने रुपन्देहीजिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि पाँच हजार क्षमताको स्थायी प्याराफिटसँगै दुई हजार ५०० जना क्षमताको दुई वटा अस्थायी प्याराफिट तयार गरिएको छ ।
पहिलो चरणका खेल अवलोकनका लागि दुई सय र एक सय रुपैयाँको टिकट दर कायम गरिएको छ ।
कोरोना महामारी र आर्थिक अभावका कारण चार वर्षसम्म रोकिएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले भाग लिएका छन् ।
जितेश गुरुङको कप्तानीमा ‘ए’ डिभिजन खेल्ने र स्थानीय खेलाडीहरू मिश्रित रुपन्देही ११ टिम तयार भएको व्यवस्थापक एवं एन्फा रुपन्देहीका उपाध्यक्ष मुकेश कुँवरले बताए । दिपेश थापा गोल रक्षक रहने टिमको प्रशिक्षक पुकार गहतराज छन् ।
सुदूरपश्चिम ११ माअनुभवी खेलाडीहरू रहेकाले रुपन्देहीलाई चुनौती दिने आंकलन गरिएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा नेपाल पुलिस, एपीएफ क्लब, हिमालय शेर्पा, थ्री स्टार, फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब सहभागी हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँवा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् ।
यस्तै, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
२०७५ सालमा भएको २१औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।
चार वर्षअघि विजेताले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिता विगत २३ वर्षदेखि रुपन्देही जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया