

प्रचण्ड विरुद्ध मुद्धा दायर भएपछि वाईसियलद्धारा आपत्ती प्रकट



गुल्मी । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड बिरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालिन मुद्धा दायर गरिएको प्रति आपत्ती जनाउँदै सो पार्टीको युवा संगठन वाईसियल नेपाल गुल्मीले बिहिवार जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ ।
सो संगठनका गुल्मी जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य नारायण चन्द र जिल्ला संयोजक अशोक श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड बिरुद्ध जनयुद्धकालिन मुद्धा दायर गर्नु षडयन्त्र भएको र वाईसियल नेपालको गम्भीर ध्यानकृष्ट भएको उल्लेख छ ।
‘शान्ति प्रकृयाको बाँकी कामको निरुपण गर्न , द्धन्द्धककालिन घटनाबाट पीडित नागरिक एवंम उनका परिवारलाई न्याय दिन आबश्यक विद्येयक निर्माण गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्वपुर्ण बिषयहरुका निरुपण गर्न शान्ति प्रकृयाका बाँकी कामलाई बृस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्शमा पु¥याउन नेपाल सरकार संग जोडदार माग गर्दछौं’–विज्ञप्तीमा भनिएको छ ।
वाईसियल गुल्मीले विभिन्न ५ बु्ँदे माग समेत गरेको छ । उसले जनयु्द्ध , जनआन्दोलन , मधेश आन्दोलन लगायको ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा ज्यान गुमाएका योद्धाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्न र तीनका परिवारलाई सम्मानित बातवरणमा बाँच्न सक्ने गरी उचित राहत , क्षति पुर्तिको ब्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै देश अर्थतन्त्रको संकटमा परेको र साना ठुला ब्यवसायी तथा उद्योगपति धरापमा परी बिस्थापित भईरहेको बेला मिटरब्याजीहरु सल्बलाई रहेकोले उनिहरुको नियन्त्रणका लागि पनि सरकार संग वाईसियले जोडदार माग गरेको छ ।
नेपाल सरकारका विभिन्न निकायहरुमा भईरहेको भ्रष्टचार , घु्सखोरी, अनियमित्ता र ढिलासुस्ती रोक्दै सुशासन कायम गर्न समेत सरकार संग वाईसियल नेपाल गुल्मीले माग गरेकोछ ।
उक्त ज्ञापनपत्र बुझ्दै प्रम्ुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त ज्ञापन पत्र नेपाल सरकारमा पठाउने बताएका थिए । ज्ञापन पत्र बुझाउन वाईसियल गुल्मीका जिल्ला ईन्चार्ज चन्द , संयोजक श्रेष्ठ , प्रदेश कमिटी रवि कँडेल सहित जिल्ला कमिटी पदाधिकारी पु्गेका थिए ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया