

बंगलादेशमा अक्सिजन प्लान्टमा विस्फोट, ६ जनाको मृत्यु





काठमाडौं । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विस्फोट भएको थियो ।
विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले गएराति आठ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सकेको थियो । खोज तथा उद्धारको काम भने राति अबेरसम्म पनि जारी थियो ।
समाचार एजेन्सी रोयटर्सले विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकृतहरुले २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् । घटनाबारे पीडित परिवारलाई जानकारी दिन स्थानीय प्रशासनले सूचना केन्द्र स्थापना गरेको छ ।
सन् २०२२ को ४ जूनमा बंगलादेशमा अक्सिजन प्लान्ट नजिकको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया