

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने





काठमाण्डौँ
विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउनका लागि एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ ।
भारत सरकार र विश्व बैंकबीच भएको ऋण सम्झौतामा दुई फरक फरक ५० करोड अमेरिकी डलरको ऋण समावेश गरिएको छ । यी दुई परियोजनाले भविष्यमा हुने महामारीविरुद्ध देशको स्वास्थ्य प्रणाली प्रभावकारी बनाउने भारतको निर्णयलाई समर्थन गरेका बैंकका भारतमा रहेका देशीय निर्देशक अगस्टे तानो कोउमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसले जुनोटिक रोगलगायतका भाइरस पत्ता लगाउने भारतको क्षमतालाई पनि बढाउनेछ । मुख्यगरी आन्ध्र प्रदेश, केरला, मेघालय, उडिसा, पञ्जाब, तमिलनाडु र उत्तर प्रदेशमा स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिने भारत सरकारको प्रयासलाई ऋण सहयोग रहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया