

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई ताइवानसँग हतियारको कारोबार बन्द गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई ताइवानसँग हतियार बिक्रीलगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको हो ।
अमेरिकी विदेश मन्त्रालयले अस्ति मात्रै ताइवानलाई नयाँ हतियार बिक्री गर्न अनुमति दिएको थियो । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमार्फत् ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रवक्ता माओ निङले यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउने तथा चीन–अमेरिका सम्बन्धमा थप क्षति पुर्याउने बताउनुभएको छ । साथै उहाँले ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास थप तनावको कारण बन्न सक्ने चेतावनी पनि दिनुभएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया