

भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा





काठमाण्डाै
आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ । भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपको फाइनलमा पुगेको हो ।
केपटाउनमा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ५२ रन बनाइन् । यस्तै जेमिमा राेड्रिग्सले ४३ रन बनाइन् । अस्ट्रेलियाकी ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले २/२ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ५४ रन बनाइन् । यस्तै कप्तान मिन ल्यानिङ ४९ रनमा नटआउट रहिन् । भारतकी शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले १/१ विकेट लिइन् ।
अस्ट्रेलियाले उपाधिका लागि आइतवार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज आयोजक दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड खेल्दैछन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया