

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो : राष्ट्रपति पुटिन



एजेन्सी
पश्चिमा देशको प्रतिबन्धका बाबजुद रुसको अर्थतन्त्र बलियो रहेको त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले अत्यावश्यक वस्तुलगायत रोजगारी र नागरिकको सुरक्षा सुनिश्चित गरेको दाबी समेत गर्नुभएको छ ।
पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २ दशमलव १ प्रतिशतले घटेको छ । तर गएको वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २० देखि २५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ । राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधनका क्रममा प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई समस्यामा पारेको समेत टिप्पणी गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उहाँले भन्नुभएको छ “हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ ।” राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने पनि बताउनुभएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया