

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो : राष्ट्रपति पुटिन


एजेन्सी
पश्चिमा देशको प्रतिबन्धका बाबजुद रुसको अर्थतन्त्र बलियो रहेको त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले अत्यावश्यक वस्तुलगायत रोजगारी र नागरिकको सुरक्षा सुनिश्चित गरेको दाबी समेत गर्नुभएको छ ।
पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २ दशमलव १ प्रतिशतले घटेको छ । तर गएको वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २० देखि २५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ । राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधनका क्रममा प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई समस्यामा पारेको समेत टिप्पणी गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उहाँले भन्नुभएको छ “हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ ।” राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने पनि बताउनुभएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया