

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सुनिश्चित



राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ।
उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।
अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ। हाल ५८ सदस्यीय राष्ट्रिय सभामा प्रस्तावक र समर्थक दलको स्पष्ट बहुमत छ।
एमालेका तर्फबाट निर्वाचित खिमलाल भट्टराईको स्थानमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। माघ २५ गते उक्त स्थानमा निर्वाचन हुँदैछ।
माओवादी केन्द्रका १५ र एमालेका १५ सदस्य छन्। यस्तै सभामा कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जनता समाजवादीका तीन, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन सदस्य छन्।
तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्षको स्थान रिक्त थियो। २०७८ फागुन २० गतेदेखि उपाध्यक्ष पद रिक्त छ। राजनीतिक दलबीचमा समझदारी नबन्दा निर्वाचन प्रक्रिया अघि बढेको थिएन। यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया