

न्युजिल्यान्डसँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा न्युजिल्यान्डको इतिहासकै खराब हार



काठमाण्डाै
न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।
न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए । आफ्नो इतिहासकै खराब हार बेहोरेको न्युजिल्यान्डका ९ जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
भारतका हार्दिक पान्ड्याले ४ विकेट लिए । त्यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिवम् माभीले समान २/२ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।
भारतका शुभमन गिलले १ सय २६ रनको अविजित शतकीय पारी खेले । न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, इश सोधी र डर्याल मिचेलले समान १/१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले क्लिन स्वीप गरेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया