

आफ्नो इच्छाअनुसार विवाह गर्ने छोरीलाई बुवाले अदालतभित्रै गोली प्रहार गरी हत्या गरे



एजेन्सी
आफ्नो इच्छाअनुसार विवाह गर्ने एक महिलालाई उनकै बुवाले गोली प्रहार गरी हत्या गरेका छन्। त्यो पनि विवाह दर्ता गराउन आएका बेला ती महिलाका बुवाले अदालतभित्रै गोली प्रहार गरेका हुन्।
घटना पाकिस्तानको कराँचीको हो। सोमबार कराँचीस्थित सिटी अदालतभित्र विवाह दर्ता गराउन आएकी ती महिलालाई उनका बुवाले गोली प्रहार गरेका हुन्। महिलाले आफ्नो इच्छाअनुसार दोस्रो विवाह गरेको र विवाहपछि घर छाडेको प्रहरीले जनाएको छ।
त्यसपछि आक्रोशित भएका बुवाले विवाह दर्ता गराउन आएको छोरीलाई अदालतभित्रै गोली प्रहार गरेका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार गोली लागेपछि घटनास्थलमै ती महिलाको मृत्यु भएको छ।
उक्त घटनामा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले गोली प्रहार गर्ने महिलाका बुवालाई पक्राउ गरेको र हतियार पनि जफत गरेको जानकारी दिएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया