

सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी, ऊर्जा सङ्कट मुख्य कारण


एजेन्सी
सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ ।
श्रीलङ्काले गएको वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ अर्थात् ९० करोड अमेरिकी डलर आम्दानी गरेको रबर विकास विभागले जनाएको छ । विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताउनुभएको छ ।
उर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि रबर निर्यातमा केही कमी आएको उहाँको भनाइ छ । श्रीलङ्काले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ ।
श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् । श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो । सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया