

एलन मस्कले एक वर्षमै गुमाए १ खर्ब ६५ अर्ब डलर, बन्याे विश्व कीर्तिमान





काठमाण्डौँ
केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् ।
गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म एलन मस्कले १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाएको बताएको छ । यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् । गिनिज वर्ल्ड रेकर्ड्सले मस्कले गुमाएको सम्पत्तिको मात्रा योभन्दा धेरै हुन सक्ने पनि जनाएको छ ।
गएकाे वर्ष ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । ट्विटर खरिद गरेपछि मस्कले टेस्लामा खासै ध्यान नदिएको लगानीकर्ताले गुनासो गरेका छन् ।
मस्कभन्दा पहिले सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा झन्डै ५९ अर्ब डलर गुमाएका थिए ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया