

एलन मस्कले एक वर्षमै गुमाए १ खर्ब ६५ अर्ब डलर, बन्याे विश्व कीर्तिमान



काठमाण्डौँ
केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् ।
गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म एलन मस्कले १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाएको बताएको छ । यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् । गिनिज वर्ल्ड रेकर्ड्सले मस्कले गुमाएको सम्पत्तिको मात्रा योभन्दा धेरै हुन सक्ने पनि जनाएको छ ।
गएकाे वर्ष ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । ट्विटर खरिद गरेपछि मस्कले टेस्लामा खासै ध्यान नदिएको लगानीकर्ताले गुनासो गरेका छन् ।
मस्कभन्दा पहिले सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा झन्डै ५९ अर्ब डलर गुमाएका थिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया