

युक्रेनमाथि रुसको फेरि जवाफी हमला, ६०० युक्रेनी सैनिकको मृत्यु



एजेन्सी
मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ ।
रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रामातोस्र्कका दुई भवनमा तैनाथ युक्रेनी सैनिकमाथि भएको आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।”
पछिल्लो रूसी आक्रमणबारे समाचार तयार पार्दासम्म स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन ।
शनिबार डोनेट्स्कको पूर्वी क्षेत्रमा रहेको क्रामातोस्र्कमा मध्यरातअघि कम्तीमा चारवटा विस्फोटको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।
दुवै देशमा शनिबार अर्थोडक्स क्रिसमस मनाइएको थियो । उक्त अवसरमा रूसले युक्रेनमाथिको आक्रमणलाई अस्थायीरूपमा ३६ घण्टाका लागि रोकेको घोषणा गरेको थियो ।
रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ ।
दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ ।
यसअघि आइतबार डोनेट्स्क क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो किरिलेन्कोले रूसले क्रामातोस्र्कमा सातवटा रकेट आक्रमण गरेको बताउनुभएको थियो ।
रूसले आक्रमणबाट ६०० युक्रेनी सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएको बताएको छ । भवनबाहेक ‘एउटा शैक्षिक संस्था, औद्योगिक केन्द्र र केन्द्र’ मा क्षति पुगेको तर कुनै हताहत भने नभएको रूसले दावी गरेको छ ।
नयाँ बर्ष शुरू भएपछि युक्रेनले पूर्वी शहर माकिवकामा ब्यारेकको रूपमा रूसी सेनाले प्रयोग गरिरहेको भवनमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा ८९ रूसी सेनाको मृत्यु भएको बताइएकोे थियो ।
रूसले युक्रेनी आक्रमणमा परी ८९ सैनिकको मृत्यु भएको स्वीकार गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र युक्रेनमा जनवरी ७ तारिखका दिन मनाइने क्रिसमस मनाउनका लागि ३६ घण्टे युद्धविरामको घोषणा गर्नुभएको थियो ।
युक्रेनी स्थानीय समयअनुसार शनिबार राति ११ बजेपछि एकतर्फी युद्धविराम अन्त्य भएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया