

पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए



काठमाण्डाै
कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो ।
सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीएसजीका फरवार्ड समेत रहेका लिओनल मेस्सीले ७ गोल गरी कतार विश्व कपमा गोल्डेन बल जिते ।
फ्रान्सको लिग वानका खेलहरु अर्को हप्तादेखि सुरु हुँदैछन् । पीएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आउँदो बुधवार स्ट्रार्सबर्गसँग खेल्दैछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया